नवलपुरका विद्यार्थीले मागे स्ववियूको निर्वाचन

80







अर्जुन अविरल
नवलपरासी, ७ फागुन ।
नवलपुर जिल्लाका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै मंगलबार कावासोतीका क्याम्पसहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
अनेरास्ववियू र अखिल (क्रान्तिकारी) को संयुक्त टोलीले नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पस र मध्यविन्दु बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यालय अगाडि दबाबमुलक धर्ना दिएर निर्वाचनको माग गरेका हुन् ।
अनेरास्ववियू जिल्ला संयोजक ठाकुर पराजुली र अखिल क्रान्तिकारी जिल्ला कार्यालय सदस्य नविन पाठकको नेतृत्वमा गएको टोलीले दुबै कलेजमा प्रशासन घेराउ कार्यक्रम गरेका थिए ।


उनीहरुले यथाशीघ्र स्ववियूको निर्वाचन गराउन माग गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा स्ववियूको निर्वाचन गर्ने भने पनि अझै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छैन ।
यस अघि २०७३ सालमा स्ववियू भए पनि नवलपुरमा भने २०६५ देखि भएको छैन । यस अघि कति क्याम्पसमा निर्वाचन गराउने भन्ने विषयमा विद्यार्थी संगठनबीच सहमति नमिल्दा नवलपुरको कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचन हुन सकेको थिएन ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको नवलपुरका १० वटा कलेजमा स्ववियू निर्वाचनको मापदण्ड पुगेको भए पनि एउटा कलेज बाहेक अरू कलेजमा स्ववियू निर्माण भएको छैन ।

You might also like
Loading...