मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिदै

355







कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डास्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिने भएको छ ।
जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल नहुदा सेवाग्राही मर्का परे सँगै गण्डकी प्रदेश सरकारले मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्ने तयारी गरेको हो । यहि फागुन २७ गते यो अस्पताललाई औपचारीक रुपमा जिल्ला अस्पताल घोषणा गरिने भएको छ ।
यो अस्पताललाई गत भाद्र १३ गते बुधबार जिल्ला अस्पतालको मान्यता दिएसँगै नवलपुरबासी उत्साहित भए पनि हालसम्म कार्यन्वयनमा नआउदा निरास बनेका थिए ।
गत शुक्रबार संघीय सांसद तिलक महत, प्रदेश सांसद तथा विपक्षि दलका नेता कृष्णचन्द्र नेपाली , प्रदेश सांसदहरु रोशनबहादुर गाहा, बिष्णु लाछिाने, अस्पतालका संचालक समिति अध्यक्ष चेतनाथ पोख्रेल, उपाध्यक्ष कपिलदेव भुसाल र सचिब बिष्णु ढुंगाना सहितको टोली प्रदेश सरकारले गत भाद्र १३ गते गरेको निर्णय कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष पुगेको थियो ।
अस्पताल समितिका अध्यक्ष चेतनाथ पोख्रेलका अनुसार आगामी फागुन २७ गते मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुड्डले औपचारिक रुपमा जिल्ला अस्पताल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पतालविहीन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल स्थापनाका लागि पहल थालेको छ ।
भाद्र १३ को मन्त्रीपरिषद्को बैठकले नेपाल मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गरिदिन केन्द्र सरकारसँग माग गरी सकेको छ। हाल अस्पतालको क्षमता ५५ शैयाको छ । संरचना बनिसकेकोले यसैलाई जिल्ला अस्पतालको रुपमा अघि बढाउँदा सजिलो हुने प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
जिल्ला समन्वय समितिदेखि सरोकारवाला निकायले पनि मध्यविन्दु अस्पताललाई सरकारी अस्पताल बनाउन सिफारिस गरेको थियो ।
यसअघि मध्यविन्दु सामुदायीक स्मृती अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न माग गर्दै सासंद सहितको टोली काठमाण्डौ डेलिगेशन समेत गएको थियो ।
नवलपुर क्षेत्र नम्बर २ का सासंद तिलक महत ,अस्पतालका अध्यक्ष चेतनाथ पोख्रेल, उपाध्यक्ष कपिलदेव भुषालसहित अस्पतालका पदाधिकारीहरुको टोलीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई ध्यानाकर्षण गराएका थिए ।
नवलपरासीको नवलपुर क्षेत्रमा जिल्ला अस्पताल नहँुदा बिरामीहरुलाई अन्यत्र उपचारका लागि जानुपर्ने अवस्था रहेको छ ।
जिल्ला अस्पताल नहुदा नवलपुर क्षेत्रका बिरामी सरकारी अस्पतालको सेवा लिनका लागि चितवन जानुपर्ने बाध्यता रहेको छ ।

पाँच तले भवन निर्माण कार्य शुरु

२०६३ साल पुष ६ गतेदेखि १३ बृहत धनधान्याचल महायज्ञ गरी निर्माण गरीएको मध्यविन्दु सामुदायिक अस्पतालले ५ बर्षमा निर्माण सम्पन्न गर्ने गरी ५ तले भवन निर्माणको काम शुरु गरेको छ ।
अन्डरग्राउण्ड सहितको पाँच तले भवनको निर्माण कार्य थालनी गरीएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल समितिका अध्यक्ष चेतनाथ पोख्रेलले बताए । भवन निर्माणको हाल कृष्णबहादुर दंगालको संयोजकत्वमा निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष पोख्रेलले बताए ।
निर्माण समितिका अध्यक्ष दंगालका अनुसार ५ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी अहिले अण्डरग्राउण्डको निर्माण कार्य भईरहेको छ । उपभोक्ता समितिले माघ ७ गतेदेखी निर्माणकार्य शुरु गरेको र चैत्र १५ गते भित्र निर्माणकार्य सम्पन्न गर्ने गरी दैनिक २५ देखी ३० जनाको संख्यामा निर्माणकार्य भएको बताए ।
अन्र्तराष्ट्रिय संस्था नेपाल हिल्फे वाइलिड्ड ग्रिस जर्मनी नामक संस्थाको ५० प्रतिशत र स्थानिय तथा अन्य सरकारी कार्यालयहरुबाट प्राप्त रकम गरी कुल १३ करोडमा ५ तले भवन निर्माण गर्न लागीएको अस्पतालका अध्यक्ष पोख्रेलले बताए । हाल हिल्फे नामक संस्थाको ३ करोड र स्थानिय निकाय, अस्पताल को समेत लगानी रहने गरी अण्डरग्राउण्डको निर्माणकार्य सम्पन्न गर्न लागीएको अस्पतालका अध्यक्ष पोख्रेलले बताए ।
यसअघि नेपाल हिल्फे वाइलिड्ड ग्रिस जर्मनीले यो अस्पतालको हाल अस्पताल संचालन भएको भवनमा टायल, मार्वल लगाई रंगरोगन गर्नृुका साथै नवलपुर जिल्लामै पहिलो पटक डिजिटल एक्सरे सामाग्री उपलब्ध गराएको थियो । अस्पतालसगै रहेको पार्क पनि सोही संस्थाको सहयोगमा निर्माण भएको हो ।

You might also like
Loading...