शान्ति र द्वन्द्वका विविध पक्ष

152







लेखकः डा. शिवशंकर बस्याल

कुनै पनि घटनालाई निरपेक्ष ढंगले व्याख्या सहित उपदेशात्मक टिप्पणी गर्ने प्रचलन हाम्रो विरासत हो । द्वन्दलाई पनि हामीले त्यसै ग¥यौं। शासनमा रहनेहरुले राज्य सञ्चालनमा पनि त्यही विधि जारी राखे। त्यही विधि र प्रक्रियाले समाजमा असमनता खडा गर्न पुग्यो। असमानताले द्वन्द र ठूलाठूला विपत्तिहरु निम्त्याए। मानवीय क्षतिको कहाली लाग्दो इतिहास मानव सभ्यताको हो । कम्तीमा शासन र राज्यव्यवस्था सञ्चालन गर्नेहरुमा द्वन्द्वको कारणका समाज विज्ञानको चेत थोरधेर भएका इतिहासका थुप्रै युद्ध र क्षतिहरु धेरै मानेमा टर्न सक्थे। मानवीय र भौतिक क्षति कम्तिमा धेरै अर्थमा कम हुन सक्थ्यो। शासक, सत्ता लगायत शक्तिमा रहनेहरुको अवैज्ञानिक र आत्मगत चिन्तनले सबैका भावना समेट्न सकेन। सबैको न्याय हुन सकेन। समान्य असन्तुष्टिबाट शुरु भएका श्रृंखला भयानक हत्या, हिंसा र विध्वंशका कारक बन्न पुगे। आज संसार भरी यसको अवस्था जटिल छ।
द्वन्द आफै उत्पन्न हुने चिज होइन। द्वन्द परिस्थितिले सिर्जना गर्ने कुरा हो । आज संसारभरीका जे जति वर्गीय, धार्मिक, क्षेत्रीय, जातीय, भाषिक लगायतका द्वन्द छन् ति विशेष परिस्थिति र कारण जिम्मेवार छन्। कारण तिर ध्यान नदिई वा जरोमा नपुगी केवल बल प्रयोगको विधिले आज द्वन्दलाई निर्मूल, कम वा उन्मूलन होइन, बरु अरु प्रतिसोधी र तेज बनाएको छ।
बुद्धकालिन नेपाली समाज पनि युद्धयुद्धबाट ग्रसित थियो । तत्कालिन कृषिमूलक अर्थतन्त्र, दासयुगिन परिपार्टीमा बाँचेको समाजमा मूलत राज्य सञ्चालन गर्ने राजाराजाबीचको युद्धको कहालीलाग्दो अवस्थामा लाखौं जनताहरु जीवन फाल्न बाध्य थिए। वर्गीय रुपमा चरम विभेद रहेको तत्कालिन समाज मुलतः युद्ध सरदारहरुको राज्य र प्रतिष्ठाको रक्तपात पूर्ण अवस्थाले समाज आतंकित थियो। यश, धनदौलत, स्रोत, स्त्री आदिका छिनाझप्टीमा विभिन्न सम्राटबीचका साँधसीमा हडप्ने र राज्य कब्जा गर्ने अस्थिर र युद्धरत अशोक्ति र आक्रान्त परिस्थिति बीचमा ‘बुद्ध दर्शन’ को उत्पति भएको हो । २५ सय बर्ष अघिको त्यही आतंकित र युद्धरत परिस्थितिले बुद्ध जन्मायो। समय र बुद्धबीच सापेक्षतम सम्बन्ध थियो न कि निरपेक्ष रुपमा बुद्धको चेतना खुलेको थियो। आफ्नो स्वसाधनले यो चिन्तनलाई बुद्धले निर्खादै गए । यो दासयुगिन, सामन्ती परिबेश, दमनको विरुद्धको आवाज थियो।


पश्चिमीमूलुकमा पूँजीवादको द्रुत विकास औधोगिकरणको तेजीले उत्पादनशीलता त बढायो, राष्ट्रिय आय र नाफामा एवम् राष्ट्रिय विकासको उच्च अवस्था सिर्जना गर्न पुग्यो। बढ्दो राजश्व र आम्दानीले पूँजीपति वर्गप्रतिको नजिकको सम्बन्ध बनायो भने पूँजीपति वर्गले पनि तत्कालिन शासनसँग नजिकको सम्बन्ध स्थापना गरे। शासन र पूजिपति वर्ग एक अर्काका पुरुक बने। तर यी दुवै पक्ष पूजीवादले सिर्जना गरेको आर्थिक विषमताको पर्खाल र सामान्य वर्गको पनि कंगालीकरणको अवस्था बारे हेक्का नै राखेनन्। ठूलो हिस्सा कंगालीकरणको दिशातिर अघि बढ्यो। यसले सर्वहारा वर्गको जन्म दिन पुग्यो । शासक र पूँजीपति वर्ग त्यो वर्गको मर्म र बाध्यताभन्दा बढी जब बलमा रमायो यसले मजदुर संघर्ष निम्त्यायो। माक्र्सको दर्शन कुनै कल्पनामा नभई त्यही उनले बाँचेको परिवेशमा आधारित थियो। मजदुर वर्गको आन्दोलनले माक्स वर्ग संघर्षको रुप रेखा तयार पार्यो।

द्वन्द्व आफै उत्पन्न हुने चिज होइन। द्वन्द्व परिस्थितिले सिर्जना गर्ने कुरा हो । द्वन्द्वका सामाजिक आधारहरु हुने गर्दछन्। ति सामाजिक आधारहरुको निक्र्यौल विना द्वन्द्व समाधान गर्ने प्रयास असम्भव जस्तै हुन्छ।
आज मुलतः शक्ति र सत्तामा हुने जमातले मानिस बचाउने ‘गोली’ (Tablet) भन्दा मानिस सिद्धाउने ‘गोली’ (Bullet) मा आफ्नो ध्यान दिइरहेछ। द्वन्द्व त्यही भित्र लुकेर रहेको छ। संसारमा द्वन्द्व जहाँकही छ। माक्र्सको तर्कमा जबसम्म समाजमा दुई परस्पर विरोधी वर्ग रहन्छन् तवसम्म संसारमा द्वन्द्वरहिरहन्छ। आज संसारमा भएका गरिबी, अशिक्षा, शोषण, अत्याचारले जन्माएका आन्दोलनहरु÷संघर्षहरु÷हिंसाहरु त्यसका उदाहरण हुन्।

किन माक्र्सको दर्शन २५ सय बर्ष अगाडि जन्मेन ? किन बुद्धको दर्शन माक्र्सको सेरोफेरोमा आएन? हेर्दा विपरित लाग्ने यी दर्शनहरुले एउटाले ‘शान्ति’ को वकालत गरे अर्कोले ‘क्रान्ति’ को। हामीले निरपेक्ष ढंगले बुझ्दा परस्पर यी विपरित लागेपनि युद्ध सरदारको उन्मादता बुद्धको त्यागबाट मात्र, नैतिक शिक्षाबाट शान्ति हुन सक्थ्यो भने करोडौं भोका मजदुरहरुको समस्याको शान्ति मजदुर आन्दोलनले नै दिन सक्थ्यो। यो सापेक्षतम् सन्दर्भबाट यी दुई दर्शन जन्मिए। तसर्थ आफ्नो समय र परिवेशमा जीवन्त बने।
तसर्थ युद्ध र द्वन्द आफै हुँदैन। यो सिर्जना गरिन्छ । तर दुखको कुरा यसमा कर्ताको रुपमा बाह्य देखिनेलाई मात्र हामी कारक ठान्छौं। त्यसो नभई हिंसा र द्वन्दका लागि उत्प्रेरित कारक वा व्यक्ति नै पहिलो जिम्मेवार हुन्छ। शायद बुद्धले यसैका लागि भनेका थिए – ‘हिंसाका लागि परिस्थिति सिर्जना गर्नु र उत्प्रेरक बनाउनु हिंसा गर्नु बराबर हो।’
द्वन्द र हिंसालाई हामीले जे जति बुझेका छौं प्राय कार्यलाई मात्र जोड दिने गरेका छौं, कारणलाई होइन। द्वन्दको सही समाधान कारण पहिल्याएर मात्र हुन सक्छ अन्यथा यो वस्तुवादी हुन सक्दैन। काल्पनिक आत्मगत र उपदेशात्मक मात्र हुन सक्छ। कहिलेकाँही हिंसाका नकारात्मक परिदृश्यमा सकारात्मक पक्षहरुका कारण समेत लुकेर बसेको हुन सक्छन्। त्यसको पहिचान गरे मात्र बल्ल शान्ति हुनेगर्दछ।
द्वन्दका सामाजिक आधारहरु हुने गर्दछन्। ति सामाजिक आधारहरुको निक्र्यौल विना द्वन्द समाधान गर्ने प्रयास असम्भव जस्तै हुन्छ। वर्तमान विश्व परिवेशमा द्वन्दको निदानका लागि जुन पहल र प्रयासहरु छन् ति बस्तुगत र वैज्ञानिक नहुनुमा द्वन्दका कारणहरुको खोजी र त्यसको कारणको विकल्प नखोज्नु हो। शायद संसारमा जे जति विध्वंश डाक्ने परमाणु, हतियार लगायतका अस्त्रशस्त्रमा खर्चिने पूँजी, स्रोत र साधन मानिसको अत्यावश्यक आवश्यकता र रोजगारीका लागि खर्चिएको भए धेरै अर्थमा हिंसा कम हुने थियो तर आज मुलतः शक्ति र सत्तामा हुने जमातले मानिस बचाउने ‘गोली’ (Tablet) भन्दा मानिस सिद्धाउने ‘गोली’ (Bullet) मा आफ्नो ध्यान दिइरहेछ। द्वन्द त्यही भित्र लुकेर रहेको छ।
संसारमा द्वन्द जहाँकहीछ। माक्र्सको तर्कमा जबसम्म समाजमा दुई परस्पर विरोधी वर्ग रहन्छन् तवसम्म संसारमा द्वन्द रहिरहन्छ। आज संसारमा भएका गरिबी, अशिक्षा, शोषण, अत्याचारले जन्माएका आन्दोलनहरु÷संघर्षहरु÷हिंसाहरु त्यसका उदाहरण हुन्। संसारमा हुने–नहुने, सम्पन्न–विपन्न, शक्तिशाली कमजोर, धनी–गरिब देशहरुबीच, समाजबीच र व्यक्तिहरुबीच संघर्षको अवस्था हिजो पनि थियो, आज पनि छ र यसको स्वरुप अरु जटिल बनेर गइरहेको छ। यसले संसारलाई सुखी र शान्ततर्फ होइन, द्वन्द र हिंसातर्फ धकेलिरहेछ। समानता विना शान्ति खोज्नु आफैमा कल्पनाको मृगतृष्णामा डुल्नु हो।
आज शान्तिको कामना गर्नेहरुले विपन्न र हातमुख जोर्न नसक्ने वर्गको यथार्थता र विकास विना शान्ति खोजिरहेछन्। समाजमा बढ्दै गएको धार्मिक द्वन्द मुलतः मुस्लिम हिंसाको कमी वा निदान चाहानेहरुले कृश्चियनका ‘भद्र’ र आर्थिक प्रलोभनका कृश्चयन प्रचार र प्रभुत्वको आंकलन विना शान्ति हुनसक्दैन भन्ने बुझ्नु आवश्यक छ। कश्मीरको शान्ति कश्मिर राज्यको विलयको इतिहास विना हुन सक्दैन। यसैगरी गोर्खाल्याण्डको शान्ति लेण्डुप दोर्जेको इतिहास विर्सेर हुँदैन। तमिलहरु शक्तिको बलमा नासिए पनि वास्तविक शान्ति तिनको इतिहास विर्सेर र सिंहालीहरुको भेदभावपूर्ण नीतिबाट हुन सक्दैन।
त्यसैगरी अशान्तिमा कारक बनेका हाम्रा देशका क्षेत्रीय द्वन्द, जात, जाति, दलित, आदिवासीले नेपालमा सिर्जना गरेको द्वन्द र शन्तिका लागि केवल तर्कका भरमा होइन तिनको विरासत र ऐतिहासिक पक्षपातपूर्ण व्यवहारलाई विर्सेर हुँदैन। दीर्घकालीन शान्तिका लागि ति ऐतिहासिक भूललाई सच्याउनु अपरिहार्य हुन्छ। तर आज शासन र शक्ति नेतृत्व ति पक्षहरुको गम्भीर अध्ययन अनुसन्धान र अवलम्वनभन्दा ‘आत्मगत बुझाइ’ ले मात्र शान्तिको लागि अन्नको उत्पादन होइन, अस्त्रको उत्पादन गरिरहेछन्। यही उल्टो बुझाइनै संसारमा द्वन्दको कारण हो।

You might also like
Loading...