जन्ती बसले ठक्करबाट चार बर्षीय बालकको निधन


कावासोती ११ फागुन ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ मालपोत चोकमा जन्ती बसको ठक्करले शनिबार एक जना बालकको निधन भएको छ ।
शनिबार विहान कावासोतीको भित्री सडक खण्ड पन्चकन्या चोकबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८०४३ नम्बरको बसले सोही ठाउँका ४ वर्षका सिजन गोतामेलाई ठक्कर दिएको थियो ।
घाइते बालकको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
उनको नवलपुर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएकोछ।
जन्ती बस दु्रतगतिमा रहेको कारण दुर्घटना भएको स्थानीयले जनाएका छन् । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।







सम्बन्धित
Loading...