सबैभन्दा बढी रेमिट्यान्स पठाउनेमा अमेरिका अगाडि

130







नेपालमा रेमिट्यान्स भित्रिने देशहरु मध्ये पछिल्लो समय अमेरिका सबैभन्दा अगाडि आएको छ ।
यस अघि हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन् ।
बिबिसीका अनुसार यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो।

चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले देखाउँछ।

सरकारले यसलाई गैरकानूनी रुपमा भित्रिने पैसालाई निरुत्साहित गर्न सुरु गरेका केही प्रयास सफल भएको रुपमा अर्थ्याएको छ।

करिब चार वर्षअघि सबैभन्दा धेरै विप्रेषण पठाउने मुलुकको सूचीमा अमेरिका पाँचौ स्थानमा रहेको थियो।

अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भने त्यहाँबाट आउने रकम ह्वात्तै बढेको देखिएको राष्ट्र ब्याङ्कका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना बताउँछन्।

“गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५२ करोड, साउदी अरेबियाबाट ८८ करोड, कतारबाट ७७ करोड अमेरिकी डलर आएको थियो। पछिल्लो ६ महिनामा पनि अमेरिका नै अगाडि छ।”

You might also like
Loading...