चितवन राष्ट्रिय निकुञ्जमा एक बर्षमा चार गैंडाको उद्धार

36







चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ ।

मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको उद्धार गरी निकुन्जको मुख्य क्षेत्रमा छाडिएको हो ।

निकुञ्जको पश्चिम सेक्टरबाट बस्तीमा निस्केका र बाढीले बगाएका चार गैँडाको उद्धार गरेर निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो । भरतपुर र माडीमा मानव बस्तीमा निरन्तर पस्न थालेपछि र धनजनको क्षति गर्न थालेपछि नियन्त्रणमा लिइएको हो । सुस्ताबाट बाढीले बगाएको गैँडालाई उद्धार गरी कसारा क्षेत्रमा छाडिएको थियो ।

हालको गैँडाको सङ्ख्यालाई आधार मान्ने हो भने अहिले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा सार्नु जरुरी देखिएको निकुञ्जले जनाएको छ ।

You might also like
Loading...