नेपाल शिक्षक संघ विनयी त्रिबेणीको गाउँ प्रतिनिधि सभा

67







कावासोती । नेपाल शिक्षक संघ विनयी त्रिबेणी गाउपालिकाको प्रथम गाउ प्रतिनिधि सभा शनिबार दुुम्किबासमा भएको छ ।
नेपाल शिक्षक संघ विनयी त्रिबेणी गाउपालिकाकी अध्यक्ष गीता राय माझीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विनयी त्रिबेणी गाउपालिका अध्यक्ष डम्मर बहादुर जिसीले गुणस्तरीय शिक्षा हालको आवश्यकता भएको हुँदा यसतर्फ सबै शिक्षक, समुदाय क्रियाशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी गणेशमान श्रेष्ठले नेपाल शिक्षक संघको काम र कर्तब्यलाई आतमसात गर्दै भविश्यको लागी उत्पादनशिल जनशक्ति निर्माण गर्नेतर्फ सबै शिक्षक समुदाय लाग्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पुर्वी नवलपरासीका अध्यक्ष मोहन प्रसाद कलवार, विनयी त्रिबेणी वडा नम्बर २ का वडाध्यक्ष विष्नुप्रसाद ढकाल, तेज प्रसाद भुषाल, शारदा कोइराला, प्रकाश भुषाल, दिनेश कुमार पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
प्रथम गाउ प्रतिनिधि सभाले शारदा कोइरालाको समयोजकत्वमा ५ सदस्यिय महिला सशक्तिकरण उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा लमाया पुन, सरिता प्रक्षाई, श्रीमाया श्रीश र भगवती खनाल सर्वसम्मत चयन भएका छन् ।

You might also like
Loading...