सेवा निवृत्त भएकालाई राष्ट्र सेवामा लगाउन माग

47







सदिक्षा गैरे
कावासोती । निवृत्त राष्ट्रसेवक संघको नवलपुरको अन्तरक्रिया एवं वनभोज कार्यक्रम मध्यविन्दु नगरपालिकामा भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सेवा निवृत भएका राष्ट्रसेवकहरुलाई अझै पनि राष्ट्र सेवाको काममा लगाउन सरकारसंग माग गरेका थिए ।
सेवा निवृत्त भएका राष्ट्र सेवकहरुको सिप, क्षमता र अनुभवलाई राष्ट्रले प्रयोग गर्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, पूर्वक्षेत्रीय निर्देशक खड्ग बहादुर कमाल, पुर्व वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र जि.सी. शिक्षाको तर्फबाट वेदप्रसाद न्यौपाने, पुर्व सेनाको तर्फबाट डोरमान गिरी लगायतले बोलेका थिए ।
कार्यक्रममा पूर्व स्रोत व्यक्ति केशव कण्डेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
निवृत्त राष्ट्रसेवक संघ नवलपुरका अध्यक्ष युक्त प्रसाद गौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव नरनाथ पाण्डेले गरेका थिए भने उपाध्यक्ष टंक अर्यालले स्वागत मन्तव्य राखेका थिए ।

You might also like
Loading...