प्रदेश सभा बलियो बनाउन सत्ता पक्ष र प्रतिपक्ष नभनि काम गर्न मुख्यमन्त्रीको आग्रह





बुटवल, १२ फागुन ।
माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ ।
भेटमा मुख्यमन्त्रीले प्रदेश बलियो छ भन्ने मनोविज्ञान तयार गर्न प्रदेशसभाभित्रको एकतालाई सत्तापक्ष र प्रतिपक्ष नभनी बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सत्तापक्ष र प्रतिपक्षबीचको एकता कमजोर बन्दा अधिकार प्राप्तिको विषय असहज बन्ने बताउनुभयो । संविधानले प्रदेशलाई बलियो बनाएपनि प्रदेश कमजोर छ भन्ने मनोविज्ञान बनेकोले तोड्न बलियो एकताबाटै संभव रहेको उहाँले बताउनुभयो ।




उहाँले गण्डकी प्रदेशमा कतिपय सानातिना विषयमा बाहेक मुलभूत रुपमा एकता देखिएको र आगामी दिनमा अझ बढ्ने विश्वास ब्यक्त गर्नुभयो । प्रदेश ५ मा पनि बजेट सहमतिमै पारित भएको, विधेयकहरु सहमतिमै पारित भएको, एकतालाई अझ बलियो बनाएर अघि बढ्दै प्रदेशको बलियो फाउण्डेशन बनाउन जोड दिएको बताउनुभयो । मुख्यमन्त्रीले बजेट अधिवेशनलाई बजेट सत्रकै रुपमा र विधेयक अधिवेशनलाई विधेयक सत्रको रुपमा स्थापित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अनुभव आदानप्रदानका लागि भएको भेटघाट प्रशंसनीय भएको बताउनुभयो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिक्दै अघि बढेको प्रदेशसभाले अरु प्रदेशको अनुभव आदानप्रदानका लागि भ्रमणमा निस्केको बताउनुभयो ।
सभामुख नेतृत्वको भेटमा गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्मा, प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, विभिन्न विषयगत समितिका सभापति, प्रदेशसभा सदस्य सहित ३० जना सहभागी हुनुहुन्थ्यो ।




सम्बन्धित
Loading...