लागूऔषध सहित ३ जना पक्राउ, ओसारपसारमा प्रयोग गरिएको ट्रक र मोटरसाइकल पनि जफत

48







नवलपरासी, १२ फागुन ।
पश्चिम नवलपरासीको प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले लागू औषध ओसारपसारका लागि प्रयोग गरेको ट्रक र मोटरसाइकल पनि जफत गरी कारवाहीको लागि अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार प्रहरीले रामग्राम नगरपालिका १२ को रानी पाकड स्थित हुलाकी सडक खण्डबाट लु २ ख ६९० नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा ट्रकमा रहेको जकेटबाट फेनरागन ७३ एम्पेल, नुफ्रिन ७३ एम्पुल, डाइजापाम ७३ एम्पुल र नाइट्रोभेट २ पत्ता (२० ट्याब्लेट) बरामद गरेको छ ।
ट्रक चालक नवलपरासीको सरावल गाउँपालिका ४ निवासी ३१ बर्षीय बालकृष्ण चौधरीले उक्त जकेट आफ्नो नभएको बताए पनि प्रहरीले चाकल र ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।
त्यसैगरी सोही हुलाकी सडक खण्डमा परासीबाट भूमही जाँदै गरेको बा ६३ प ४७४३ नम्बरको मोटरसाइक चेकजाँच गर्दा २ जनालाई लागू औषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मोटरसाइकल चालक काभ्रेपलान्चोकको खरेल गाउँपालिका २ निवासी ३१ बर्षीय सुमन मगरको साथबाट सिरिन्ज ४ थान र मोटरसाइकलमा सवार लम्जुङको दुधपोखरी गाउँपालिका २ निवासी ३० तराम घलेको साथबाट नुफ्रिन ५ एम्पुल, डाइजापाम ५ एम्पुल, फेनरागन ५ एम्पुल बरामद गरेको छ ।
प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

You might also like
Loading...