बम भनेर नचिन्दा विस्फोट भयोः एनसेलका सुरक्षा गार्ड

95







काठमाडौं, १३ फागुन । नख्खुको एनसेल टावरको मुल ढोकामा भएको बम विस्फोटमा सहयोग गरेको आशंकामा पक्राउ गरी अनुसन्धान गरिएको सुरक्षा गार्डहरुले आफूहरुले बम हो भनेर नचिन्दा विस्फोट भएको वयान दिएका छन् ।
नख्खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मूलढोकामा विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका छन् ।
उनीहरुले कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै रहेको हुँदा त्यो कुरा हामीभन्दा माथिका हाकिमले थाहा पायो भने जागिर जान्छ भनेर बाहिरको गेटमा पुगाएको तर बम रहेछ भन्ने थाहा नहुँदा घटना घटेको जनाएका छन् ।
एनसेल टावरको सिसिटिभी फुटेज हेरेका प्रहरी अधिकारीका अनुसार बम विस्फोट हुनुभन्दा केही समयअघि एनसेल टावर अगाडिको गेटमा तीन मोटरसाइकलमा केही मानिस आएको देखिएको छ ।
उनीहरूले गार्डहरूसँग केही कुरा गरेको पनि देखिन्छ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने त्यसको एकछिनपछि सुरक्षा गार्ड भित्र गएर बम ल्याएर गेटतिर लाँदै गरेको देखिन्छ ।
त्यसको केही समयलगत्तै बम विस्फोट भएको थियो । विस्फोट भएको प्रेसर कुकर बम भएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विस्फोटका लागि विप्लव पार्टीका कार्यकर्ताहरुले उनीहरूलाई प्रयोग गरेको आशंका गरेको छ तथापि उनीहरूले त्यो कुरा अस्वीकार गरेका छन् ।
ललितपुर प्रहरीले ललितपुरबाटै शंकास्पद थप चारजना पक्राउ परेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । बम विस्फोटमा परेर घाइते भएका सिमप्रसाद गुरुङको शनिबार बिहान मृत्यु भइसकेको छ।

You might also like
Loading...