भारत–पाकिस्तान तनाव बढेपछि नेपालमा उच्च सुरक्षा सतर्कता

96







काठमाडौँ । दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारत–फाक तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ ।
भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसालेको दावी गरेको छ भने पाकिस्तानले आफ्नो नियन्त्रित क्षेत्रमा भारतीय वायुसेना आएका कारण कारवाही गरेको जनाएको छ ।
उक्त घटनासँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।
भारतीय अधिकारीहरुका अनुसार भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो ।
बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ ।
नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रवक्ता सुवेदीका अनुसार भारत–पाकिस्तानीबीच बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो ।
प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।
भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएको थियो । त्यसका कारण पनि नेपाली विमानस्थलहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।
नक्कली बन्दुकले अपहरणप्रयास भएपछि १ सय ४२ यात्रुहरु सवार विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो ।

नक्कली पेस्तोल देखाएर भएको थियो विमान अपहरण गर्ने प्रयास

ढाकाबाट दुबई उडेको एउटा बाङ्ग्लादेशी विमान अपहरण गर्ने प्रयास गर्न खोज्ने व्यक्तिसँग नक्कली पेस्तोल भएको खुलेको छ।

आइतवार साँझ चटगाउँमा आपत्कालीन अवतरण गरेपछि सो विमानका सबै यात्रु र चालकदलका सदस्यसमेत १४८ जनाको सकुशल उद्धार गरिएको थियो।

आत्मसमर्पण गर्न नमानेपछि विमान अपहरण गर्न खोज्ने सन्दिग्ध व्यक्तिलाई सुरक्षाकर्मीहरूले गोली हानेर मारिदिएका थिए।

अधिकारीहरूका अनुसार २५ वर्षीय ती व्यक्तिको “मानसिक स्थिति असन्तुलित” थियो र उनले प्रधानमन्त्रीसँग कुरा गर्ने माग राखेका थिए। उनको औपचारिक नाम मोहम्मद पलाश अहमद भएको बताइएको छ।

बीबीसीका अनुसार उनले विमानभित्र अस्वाभाविक गतिविधि देखाउँदै चालकदलका एक सदस्यलाई नियन्त्रणमा लिएका थिए। केही यात्रुहरूले उनीसँग एउटा सानो बन्दुक देखेको बताएका थिए। ती व्यक्तिसँग विस्फोटक पदार्थ भएको शङ्का थियो।

You might also like
Loading...