कावासोतीमा सात दिने आर्गेनिक तरकारी खेती तालिम

210







कावासोती । नवलपरासीको कावासोतीमा सात दिने आर्गेनिक खेती तालिम सञ्चालन भएको छ ।
कुमारी निजी शैक्षिक गुठीको आयोजना र कावासोतीको नवत्रिवेणी बहुमुखी सहकारीको सहआयोजनामा भएको तालिमको मंगलबार समापन गरिएको छ ।
तालिममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी किसानहरुलाई आर्गेनिक विषादी निर्माणका लागि आवश्यक पर्ने सामग्री समेत प्रदान गरिएको थियो ।


सहकारीका अध्यक्ष घनश्याम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी निजी शैक्षिक गुठीका अध्यक्ष नरबहादुर ठाडा, लेखा तथा प्रशासन प्रमुख दीपकलाल श्रेष्ठ, जगतकाजी गुरुङ, रमिला भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक नारायण पौडेलको सञ्चालनमा भएको थियो ।

You might also like
Loading...