प्रकाण्डका छोरा २० हजार धरौटीमा रिहा, नख्खु बमकाण्डमा विप्लवका पूर्व अंगरक्षक पक्राउ

56







 

विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् ।

विराटनगर बिमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर छुटेका हुन् । उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् । नेतत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रकाशन कार्यालय मोरङमा धरौटी बुझाएपछि काठमाडौं फर्किएका छन् ।

 

नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

अदालतबाट छुटे लगतै पक्राउ परे विप्लवका नेता

बम विस्फोट घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतालाई अदालतले छाडेकै दिन प्रहरीले पक्राउ गरेको छ ।

भारतीय दूतावासको सम्पर्क कार्यालय विराटनगरमा गत वर्ष बम बिस्फोट गराएको आरोपमा आइतबार पक्राउ परेका मोरङका पूर्वइञ्चार्ज जितेन्द्र महरालाई जिल्ला अदालत मोरङले साधारण तारेखमा छाडेकै दिन प्रहरीले पक्राउ गरेको हो ।

२०७४ वैशाख ३ गते भारतीय दूतावासको सम्पर्क कार्यालयाको पश्चिम पट्टीको पर्खालमा कुकुर बम बिस्फोट भएको थियो । बम बिस्फोट घटनामा प्रहरीले महरासहितको समूहलाई प्रतिबादी बनाएर मुद्धा दायर गरेको थियो ।

बम बिस्फोट घटनामा फरार रहेका महरालाई काठमाडौंमा विप्लव समूहले गराएको बिस्फोटमा एक जनाको मृत्यु भएपछि आइतबार पक्राउ गरिएको थियो ।

मंगलबार महरालाई जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

अदालतबाट छुटै लगतै महरालाई मोरङको पथरी स्थित हरियाली सामुदायिक वनमा बिस्फोट गराएको घटनामा पक्राउ गरेको प्रहरीले जनाएको छ । वनमा २०७४ चैत ११ गते सुतली बम बिस्फोट भएको थियो ।

बिस्फोटमा संलग्नता देखिएपछि महरालाई अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

You might also like
Loading...