राशिफल फागुन १५ गते

42







मेष
प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।
वृष
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन
बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् ।
कर्कट
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
सिंह
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
कन्या
टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।
तुला
शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।
वृश्चिक
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशील बन्दाबन्दै पनि पछि परिनेछ।
धनु
पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ।
मकर
स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। अप्रिय समाचारले मन खिन्न बनाउला।
कुम्भ
अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
मीन
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ।

You might also like
Loading...