हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

135







काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईका अनुसार ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन ।’
शब डढेर चिन्न नसक्ने अवस्थामा छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा को को थिए (सूची सहित)

पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित ७ जना सवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ७ जना सवार रहेको पुष्टि भएको छ ।
उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए भने हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार रहेको जानकारीमा आएको छ ।
उक्त हेलिकोप्टर बुधबार ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको थियो ।

You might also like
Loading...