पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते


दाङ,फागुन १५ । दाङमा बुधवार बेलुका भएको पिकअप भ्यान दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । लु १ च ५९१२ नम्ववरको पिकअप भ्यान तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाहिरी सक्राममा दुर्घटना हुँदा चालक ३५ बर्षीय लालबहादुर रावत र तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय अम्मरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ । दाङ जिल्ल्ला प्रहरी प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीका अनुसार बेलुका सवा ६ बजेतिर भएको उक्त दुर्घटनामा परि थप ५ जना घाइते भएका छन् । जसमध्य तुलसीुपर १९ छिल्लीकोट निवासी १६ बर्षीय लिलावहादुर विकको अवस्था गम्भीर छ । अन्य घाइतेहरुमा छिल्लीकोट निवासी ४४ बर्षीय कर्णबहादुर खड्का, घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी २२ बर्षीया सपना वली सेन ठकुरी र उनका दुईवटा १ बर्ष र ४ बर्षका छोराहरु घाइते भएको घर्तीले जानकारी दिए । घाइतेहरुलाई यो खवर तयार पार्दै गर्दा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तर्फ ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।







सम्बन्धित
Loading...