सदरमुकाम परासी आसपासका सडक स्तरोन्नति हुने

98







परासीः पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीबजार आसपासका क्षेत्रमा सडकको स्तरोन्नति हुने भएको छ ।
झण्डै दुई अर्बको लगानीमा रामग्राम नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।
शहरी विकास मन्त्रालयअन्तर्गतको बजेटबाट आगामी वैशाख महीनाबाट सुविधा सम्पन्न सडक स्तरोन्नतिको काम शुरु हुन लागेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
शहरी शासन तथा पूर्वाधार एकीकृत कार्यक्रमअन्तर्गत ती सबै सडकको स्तरोन्नति गरिनेछ ।
सदरमुकाम परासीदेखि पण्डीपुरसम्म नौ किलोमिटर, परासी–अ‍ैचावल हँुदै पर्सावलको करीब सात किलोमिटर र परासीदेखि पाल्ही क्याम्पस सडक हुँदै कर्मौनीसम्मको सडक सञ्जाललाई स्तरोन्नति गरिनेछ ।
पहिलो चरणमा तीन वडा सडक सञ्जाललाई स्तरोन्नति गरिने र दोस्रो चरणमा अन्य सडकलाई प्राथमिकताका आधारमा स्तरोन्नति गरिने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।
उज्यालोका लागि सडकको दुवैतर्फ सौर्य ऊर्जाको प्रयोग जडान गरिने जनाइएको छ । आगामी दुई वर्षमा सडकको स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य रहेको रामग्राम नगरपालिकाले जनाएको छ ।

You might also like
Loading...