पाकिस्तानले भारतीय वायुसेनाका पाइलटलाई शुक्रवार मुक्त गर्ने


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका छन्।




भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो . भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए। उनले संसद्‌मा भने, “शान्तिको सङ्केतका रूपमा उनलाई भोलि मुक्त गरिनेछ।”




पाकिस्तानले ती पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनु ‘लाजमर्दो’ भएको भनी भारतले आपत्ति प्रकट गरेको थियो।

अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लिएको थियो।

पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ।




सम्बन्धित
Loading...