भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

59







काठमाडौँ — जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा उडान प्रभावित भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।
साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानिस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे ।
पाकिस्तानको आकाश प्रतिबन्ध भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको छ, प्राधिकरणका एक अधिकारीले भने, नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेका छन् ।
यसरी रुट परिवर्तन गर्नुपर्दा आएको कठिनाइका कारण टर्किस एयरलाइन्सले काठमाडौंबाट तोकिएको मंगलबारको उडान रद्द गरेको थियो भने त्यसका कारण सयौं यात्रुले सास्ती पाएका थिए ।

You might also like
Loading...