पूर्वी चितवन राप्तीमा ५ जुवाडे पक्राउ

64







चितवन, १७ फागुन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ थाकलटारबाट ५ जना जुवाडे पक्राउ परेको छन् ।
जिल्ला प्रहरी कार्यालय सर्च एण्ड सिब अभियान अन्र्तगत ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको एक टोली ९१ हजार रुपैयाँ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउन ईलाका प्रहरी कार्यालय खैरहनी पठाईएको छ ।

भण्डार प्रहरीले पछिल्लो समयमा अपराधीक क्रियाकलाप नियन्त्रण गर्न विशेष अभियानलाई तीव्र पारेको समेत जनाएको छ ।

You might also like
Loading...