जंगलमा बन्दुक र मरेको रतुवा फेला

48







दाङ, फागुन १७ । दाङको एउटा जंगलमा बन्दुक र मरेको राते फेला परेको छ ।
जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ स्थित भवानी सामुदायिक वनमा वन्दुक गोली हानेर मारिएको रतुवा र बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रशाद घर्तीले बिहीवार दिउँसो २ बजेतिर वनमा बन्दुक पड्केको आवाज सुनेपछि वनमा खोजतलास गर्दा गोली हानेर मारिएको एउटा रतुवा र नजिकै एक थान भरुवा वन्दुक फेला परेको जानकारी दिए ।
यसैबीच मरेको रतुवालाई कानुनी प्रक्रिया पुरा गरि डिभिजन वन कार्यालय गढवा दाङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । घटनावारे थप अनुसन्धान जारी रहेको तथा शिकारीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

You might also like
Loading...