बसको ठक्करबाट साईकलयात्रीको मृत्यु
कावासोती, १७ फागुन
नवलपुरको कावासोती ११ लोकाहामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुत्रबार साँझ पौने छ बजे कावासोती नगरपालीका ११ लोकाहामा पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ५ ख ५५९१ नं.को यात्रुबाक बसले साईकललाई ठक्कर दिदा कावासोती नगरपालीका ११ लोकाहा बस्ने वर्ष ३५ का यम बहादुर श्रेष्ठ घम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ । घाईते श्रेष्ठलाई उपचारको लागी भरतपुर पठाईएकोमा साँझ ६ः ४० बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसको चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।