पत्रकार महासंघ नवलपुरको निर्वाचन आज

48







नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व जिल्ला शाखा रिक्त पदका लागि आज निर्वाचन हुने भएको छ ।
महासंघ पूर्वी नवलपरासी शाखाको १० रिक्त पदमा हिजो २५ जनाले उम्मेदवारी दर्ता गराएकोमा उपाध्यक्षका उम्मेदवार घनश्याम बगाले, समाबेसी सहसचिवका उम्मेदवार प्रेमध्वज गाहा, खुल्ला सदस्यहका उम्मेदवार अर्जुन सापकोटा लगायत ४ जनाले उम्मेदवारी फिर्ता लिएको छ ।
१० पदका लागि २१ जनाको उम्मेदवार परेको छ ।
खुल्ला उपाध्यक्षमा बुद्धिसागर पोखरेल सागर र श्रीराम सिग्देलको उम्मेदवारी परेको छ ।
यस्तै, सचिव पदमा प्रेमसागर न्यौपाने र तिर्थराज डुम्रेको उम्मेदवारी परेको छ । समावेशी सहसचिवमा सारदा झेडीमगर र इतराज गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै ६ खुल्ला सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको छ भने जनजाति सदस्य सर्वसम्मत भएको छ ।
निर्वाचन तालिका अनुसार मतदान शनिबार आज विहान ९ बजेबाट १ बजेसम्म हुने छ भने मतगणना पनि शनिबार साँझसम्म सक्ने गरी शुरु गरिने निर्वाचन मण्डलका संयोजक भुपेन्द्र शर्मा भट्टराईले जनाए ।
मतदान मनकामना सामुदायिक वनको सभाहलमा हुने छ ।

You might also like
Loading...