कावासोती नगरस्तरीय भलिवल प्रतियोगिताको उपाधि कावासोती १५ लाई

43







चन्दा गुरुङ
कावासोती, १८ फागुन । नवदुर्गा क्लव कावासोती २ भाट्टोला नवलपुरको आयोजनामा आयोजित वडास्तरीय भलिबल प्रतियोगीताको उपाधि वडा नम्बर १५ ले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १४ उपबिजेता बनेको छ ।
दुबै टिमले समान दुइ दुइ सेट जितेपछि भएको पाँचौ सेटमा वडा नम्बर १५ ले ४ अँक फरकले वडा नम्बर १४ लाई पराजित गरेको थियो ।
उपाधि जितेसँगै वडा नम्बर १५ ले तीस हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपबिजेताले १२ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
बिजेता टिमहरुलाई गण्डकी प्रदेशका सभासद रोशन बहादुर गाहाले पुरस्कार प्रदान गरेका थिए ।
शुक्रबार शुरु भएको प्रतियोगिताको शनिबार समापन गरिएको हो ।
समापन कार्यक्रम नवदुर्गा क्लवका अध्यक्ष मान बहादुर आलेको अध्यक्षतामा भएको थियो ।

You might also like
Loading...