नेकपाका जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरी नजरबन्द, बेपत्ता बनाउन खोजेको भन्दै कडा संघर्ष गर्ने नेकपाको चेतावनी 


बुटवल,



बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीको जिला सदस्य युवराज न्यौपानेलाई प्रहरीले बेपत्ता पारेको दावी गरेको छ । गत फागुन १४ गते राती ८ : ३० बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय ब्युरोबाट आएको बताउने १२ जना सिभिल प्रहरीले उनलाई उनले चड्ने गरेको मोटरसाइकल सहित गिरफ्तार गरेको तर वडा प्रहरी कार्यालय, ईलाका प्रहरी तथा जिल्लामा बुझ्दासमेत कसैले पनि आफुहरुले नल्याएको बताएपछि उनलाई बेपत्ता पारिएको नेकपाले दावी गरेको हो ।

गिरफ्तार गरिएका युवराज न्यौपानेएक विज्ञप्ती जारी गर्दै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओलीले, आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।



उनले विज्ञप्तीमा भनेका छन्, ‘आफैंले बनाएको संविधानले लागू गरेको सुचनाको हकसमेत प्रदत्त नगरी नजरबन्द गर्ने गैरकानुनी काम गरेकोले तत्काल हाम्रो कमरेडको अवस्था सार्वजनिक गर्न माग गर्दै ओली –प्रचण्ड सरकारको गृहप्रशासनले विनाकारण गिरफ्तार गर्ने, धरपकड, खानतलासी तथा मानसिक यातना दिने जस्तो अमानवीय र गैरराजनीतिक क्रियाकलाप गरिएको प्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’विज्ञप्तीमा मानवअधिकारवादी, पत्रकार, नागरिक समाज तथा सम्बन्धित निकायहरुलाई अवस्था सार्वजनिक तथा तत्काल रिहा गर्न पहल गर्न समेत आग्रह गरिएको छ ।पछिल्लो समय एनसेललाई कारबाही गरेपछि नेकपाका नेताहरुलाई गृहमन्त्रालयको निर्देशनमा समात्ने गरिएको छ । समातेर सार्बजनिक नगर्ने नागरिक स्वतन्त्रताको हक समेत प्रहरीले ख्याल नगरेको र नजरबन्दमा राख्न नपाउने मानवअधिकारबादीहरु बताउछ्न ।



सम्बन्धित
Loading...