कराँते र खोखोको छनौट खेल शुरु





कावासोती । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तरगत कबड्डी र खोखोको छनौट खेल आइतबारबाट कावासोतीमा शुरु भएको छ ।

कावासोतीको जीवन ज्योति माविमा आइतबारबाट शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सभासद रोशनबहादुर गाहाले उद्घाटन गरेका हुन् । प्रतियोगिता आइतबार, सोमबार र मंगलबार गरी ३ दिन चल्ने जिल्ला खलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए ।

 




प्रतियोगिताको उद्घाटन गर्दै सांसद गाहाले खेल जीवनको अभिन्न अंगको रुपमा रहेकोले खेल सबैको जीवनको ज्यादै महत्वपूर्ण हुने बताए । कबड्डीमा नवलपुर, कास्की, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र गोर्खाका गरी ६ जिल्लाको टिमको सहभागिता रहने छ भने खोखोमा नवलपुर, कास्की र गोर्खाका गरी ३ जिल्लाको सहभागिता रहेको छ । महिला पुरुष दुवै समूहको खेल भएका छन् ।

उद्घाटन कार्यक्रममा पूर्व सांसद जीवन श्रेष्ठ, जीवन ज्योति माविका अध्यक्ष एवम् क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

खोखो खेल भने सोमबारबाट शुरु हुने छ । उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा जिल्ला स्तरमा राम्रा खेलाडीहरु उत्पादन गरेवापत जीवन ज्योति माविलाई र जिल्ला खेलकुद विकास समितिलाई खेलका क्षेत्रमा उल्लेखनीय सहयोग गरेवापत शिक्षक निराजन महतोलाई सम्मान गरिएको थियो ।




सम्बन्धित
Loading...