महिला समूहले गरे बाँझो वनमा बेसार खेती

162







कावासोती । वनमा बाँझो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन् । कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामिचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीय महिलाहरुले सामूहिक बेसार खेती गरेर आम्दानी गर्न सफल भएका हुन् ।

वडा न. १० चिलिया र ७ साँडका पाँच समूहले वनको बाँझो जमिनमा अर्गा्निक बेसार खेती गरेका हुन् । बेसार खेती सुरु गरेको पहिलो वर्ष नै करिब नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कावासोती नगरपालिका–१० को शान्ति देवी महिला समूह , वडा नम्बर सातको अष्टलक्ष्मी महिला समूह, जनजागृती महिला समूह, सुनगाभा महिला समूह र भगवती महिला समूहले समूहगतरुपमा बेसार खेती सुरु गरेका हुन् । पाँच वटा समूहमा करिब १५० जना महिलाहरु आबद्ध रहेका छन् । गएको वैशाख महिनामा लगाएको बेसार खेती फागुनको पहिलो हप्तामा समूहले खनेर बिक्री गरेको हो । पाँच समूहले सात बिघा क्षेत्रफलमा बेसार खेती गरेको थियो ।

महिलाहरुले घरको कामधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्न बेसार खेती सुरु गरेका हुन् । यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उनीहरुलाई लागेको थिएन । तर, फुर्सदको समयमा गरिएको कामको प्रतिफल राम्रो भएपछि महिलाहरु उत्साहित भएका छन् ।

शान्तिदेवी महिला समूहकी अध्यक्ष दिलमाया गुरुङ भन्नुहुन्छ – ‘घरको कामधन्दा सकेर फुर्सदको समयमा गरेको कामबाट पनि आम्दानी हुने रहेछ । पहिलो वर्षमा नै राम्रो आम्दानी भयो अब अझै राम्ररी गर्छौ । ’

द अर्गा्निक भ्याली कम्पनी सुर्खेतसँगको सहकार्यमा यहाँका महिलाहरुले बेसार खेती सुरु गरेका हुन । कम्पनीले वनसँग समन्वय गरी महिलाहरुलाई समूहगत रुपमा बेसारखेतीको तालिम दिएको थियो ।

पहिलो वर्ष भएकाले कम्पनीले समूहका लागि ७ ५० केजी अर्गा्निक बेसारको बिउ र प्रति समूह २७ हजार ५०० रुपैयाँ सापटी रकम समेत उपलब्ध गराएको थियो । उक्त सापटी रकम समेत कटाएर महिला समूहले नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको कम्पनीका शुरेन्द्र पौडेलले जानकारी दिनुभयो । सात बिघा क्षेत्रफलमा ४० टन बेसार उत्पादन भएको पौडेलले बताउनुभयो ।

उत्पादन भएको बेसार मध्ये पा“च टन बीउका लागि छुट्टाएर ३५ टन बेसार कम्पनीले खरीद गरेको हो । कम्पनीले प्रति किलो २१ रुपैयाँले बेसार खरिद गरेको हो ।

पौडेलका अनुसार कम्पनीले देशका विभिन्न ठाउँमा महिलालाई सहभागी गराई अर्गा्निक बेसार उत्पादन गर्दै आएको छ । खेतीका लागि तालिम र पञ्चकाव्य नामक प्राङ्गारिक किटनाशक औषधि कम्पनीले सहयोग गरेको थियो । उत्पादन भएको सबै बेसार कम्पनीले आफै खरिद गर्ने भएकाले बजारको समस्यासमेत नहुने पौडेलले बताउनुभयो ।

You might also like
Loading...