सेनाको व्यावसायिक क्षमता बढाउँछौं : प्रधानमन्त्री

38







काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सेना दिवसका अवसरमा सोमबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षामा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
मुुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्तिका लागि अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको मर्मअनुसार काममा अग्रसर हुन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

उनलेे नेपाली सेनालाई सरकारले सुम्पिएका निर्माण कार्यलगायत जिम्मेवारी कुशलतापूर्वक समयमै सक्न पनि ध्यानार्षण गराए । उनले विपत्तिका बेला सैनिकहरूले उच्च हौसला, जोस र सेवाभावसहित खटिएको भन्दै प्रशंसा गरे ।

सेना दिवसका अवसरमा सोमबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरू उपस्थित कार्यक्रममा सैनिकहरूले युद्धकौशल प्रदर्शन गरेका थिए ।

You might also like
Loading...