नेपालको राष्ट्रियता भारतको विजुलीको प्लकमा अड्किएको क्रान्तिकारी माओवादीका नेता परि थापाको टिप्पणी

41







नारायण पंगेनी
नवलपुर, २१ फागुन।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य परि थापाले नेपालको राष्टियता भारतको विजुलीको प्लकमा अड्किएको बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार पूर्वी नवलपरासीको कावसोतीमा आज विहान गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले नेपालको राष्ट्रियता झनै संकटमा परेको बताउनुभयो ।

नेपालको नक्साबाटमा ३ सय ७२ हेक्टर भूभाग गायब भएको भन्दै नेपालको नक्कली नक्सा प्रधानमन्त्री कार्यालयदेखि गाउपालिकाको कार्यालयसम्म टाँगिएको बताउनुभयो ।

प्रशान्त महासागरमा पानी जहाज चलाउने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यक्त गरेको अभिब्यक्तिको पनि कटाक्ष गर्नुभयो । नेपालको नक्सासमेत बनाउन नसक्नेले प्रशान्त महासागरमा पानी जहाज चलाउने कुरा गर्नु हाँस्यास्पद भएको नेता थापाको भनाइ थियो ।

अहिले झनै भ्रष्टाचार, बलात्कार, महंगी बढिरहेको भन्दै क्रान्तिकारी माओवादीका नेता थापाले त्यसका विरुद्ध जनसंघर्ष अघि बढाउने बताउनुभयो । भ्रष्टचार बढेको भन्दै गीत गाउँदासमेत यूट्युबबाट हठाउनु पर्ने अवस्था आएको भन्दै उहाँले पत्रकार कलाकारहरुले पनि लेख्दाखेरि डराउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभयो ।

आगामी चैत्र २४ पछि आफ्नो पार्टीको मोर्चा देशभक्त गणतान्त्रिक मोर्चाको अगुवाईमा अनिश्चितकालिन आमहड्तालसम्मको आन्दोलन गर्ने थापाले बताउनुभयो । जनतामा आलोचनात्मक चेतना नभएकै कारण समस्या बढ्दै गएको नेता थापाको भनाइ थियो ।

You might also like
Loading...