संसारको सबैभन्दा कान्छी अर्बपति: फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

158







अमेरिकाकी काइली जेनर विश्वकै सबैभन्दा कान्छी उमेरकी अर्बपति बनेकी छिन् । उनी आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् ।
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।

उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित काड्र्याशियन परिवारकी सदस्य हुन् ।
एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।
एनले यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ बताएकी छिन् । उनले आफूले यस्तो सूचीमा आउँला भनेर नसोचेको पनि बताइन् ।
पत्रिकाका अनुसार सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन् । उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।

जुकर्बर्गको सम्पत्ति घट्दै

फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । फोब्र्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ।
फेसबुकले गोपनीयतासम्बन्धी प्रकरणहरूमा सङ्घर्ष गरिरहँदा एकचोटि जुकर्बर्गको शेअरको मूल्य एकतिहाइले घटेको थियो ।

अर्बपतिको सुचीमा चौधरी एक मात्र नेपाली

फोब्र्स पत्रिकाका अनुसार अर्बपतिको सूचीमा पर्ने विनोद चौधरी एक मात्र नेपाली हुन् । विनोद चौधरी अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा छन् ।


फोब्र्स म्यागजिनले यस वर्ष पनि उनलाई मात्र नेपाली अर्बपतिका रूपमा सूचीकृत गरेको छ।
उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले उल्लेख गरेको छ ।
उनी सन् २०१३ देखि फोब्र्सको सूचीमा पर्दै आएका छन् ।

You might also like
Loading...