राधा तिवारीलाई बर्ष सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका र गोपाल तिवारीलाई नवगायकको अवार्ड

147







कतारको दोहामा भएको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ मा ‘माछी बस्ने पानीमा चरी वनैमा’ बोलको गीतले एकै साथ ३ वटा अवार्ड जितेको छ ।

उक्त गीतबाट नवलपरासीको बर्दघाटकी लोक तथा दोहोरी गायिका राधा तिवारी बर्ष २०१९ को सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका भएकी छिन् । राधा तिवारीले अहिले सम्म ३ सय बढी गीतमा स्वर दिई सकेकी छिन् ।

बर्ष २०१९ को सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिकाको अवार्ड ग्रहण गर्दै गायिका राधा तिवारी

त्यसैगरी सोही गीतका गायक बर्दघाटकै लोक तथा दोहोरी गायक गोपाल प्रसाद तिवारीले लोक तथा दोहोरी नवगायकतर्फको अवार्ड पाएका थिए । नवगायक गोपाल प्रसाद तिवारीले अहिलेसम्म १० वटा गीतमा स्वर दिएका छन् । सोही गीतमा लोक तथा आधुनिक भिडियो निर्देशन तर्फ राजेश तिमिल्सिनाले अवार्ड प्राप्त गरेका थिए ।

लोक तथा दोहोरी नवगायकतर्फको अवार्ड ग्रहण गर्दै गायक गोपाल तिवारी

दोहाको होटेल वेस्ट वेस्टर्न प्लसमा भएको अवार्ड वितरण कार्यक्रममा कतारका लागी नेपाली राजदुत प्रा. डा. रमेश प्रसाद कोइरालाले विजेताहरुलाई अवार्डका साथै सम्मान पत्र वितरण गरेका थिए । कार्यक्रममा दुई दर्जनबढी बिधागत अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली समाज बिकासको निमित्त विविध खाले योगदान पु¥याएको भन्दै करिब १ दर्जन एन आर एनहरुलाई सम्मान पनि गरिएको थियो ।
मिडिया टप नेपाल प्रा लि। सामाखुसी काठमाडौंको सहकार्यमा हिमालयन नेपाली इभेन्ट्स प्रा लि काठमाडौंले हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ कार्यक्रम आयोजना गरेका थियो ।

 

 

 

You might also like
Loading...