प्रधानमन्त्री र सिके राउतले एउटै मञ्चमा सम्वोधन गर्ने !

59







काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली र सिके राउत शुक्रबार एउटै मञ्चमा देखिने भएका छन् ।
विहीबार सर्बोच्च अदालतको आदेशमा रिहा भएको सिके राउत र प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभागृह देखिने अनलाइन खबरले जनाएको छ।
स्रोतका अनुसार स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।
अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।
सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।
तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो ।

You might also like
Loading...