१३ बर्षीय बालकसहित दुईजना बलात्कारको अभियोगमा पक्राउ

58







दाङ, फागुन २५ । १३ बर्षीय बालकसहित दुईजना जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया निवासी १० बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी १३ बर्षीय बालकलाई पक्राउ परेका छन् । १३ बर्षीय बालकले १० बर्षीया बालिकालाई फागुन १ गते जवरजस्ती करणी गरेको जाहेरीका आधारमा ती बालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बालिकाका बाबुले प्रहरी समक्ष बिहीवार मात्रै छोरी माथि जवरजस्ती करणी भएको जाहेरी दिएपछि शुक्रवार मात्रै प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
त्यस्तै घोराही उपमाहानगरपालिका वडा नं. ४ निवासी एकजना १४ बर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. १ निवासी १८ बर्षीय किशोर युवराज राना पक्राउ परेका छन् । प्रहरीका अनुसार फागुन २१ गते रानाले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । पक्राउ गरिएका दुबै व्यक्ति उपर अनुसन्धान र छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You might also like
Loading...