ऊखुको मूल्य घटाउन मिल मालिककाे षडयन्त्र


गोपी ज्ञवाली, 
नवलपरासी, २५ फागुन । नवलपरासीका चिनी उद्योगहरुले किसानको ऊखुको मुल्य घटाउन विभिन्न प्रकारका षडयन्त्रहरु गरेको उखु किसानहरुले आरोप लगाएका छन ।
नवलपरासीका चिनी उद्योगहरुले गत वर्षको लाखौं रुपियाँ भुगतानी गर्न बाँकी रहेको अवश्थामा पछिल्लो करिब एक महिना पहिलाबाट मात्र चिनी उद्योगहरु ऊखुको क्रसीङ शुरु गरेका छन । किसानहरुको ऊखुको मुल्य घटाउन नवलपरासीका चिनी उद्योग संचालकहरुले मिलले ऊखु क्रसिंग गर्न शुरु गरेको एक महिना पुग्दा समेत चिनी मिलहरुले ऊखु तौल केन्द्र संचालमा ल्याएका छैनन, नेपाली किसानको ऊखु खरिद नगरेर सस्तो मुल्यको भारतीय ऊखु खरिद गर्ने गरेको, फागुन मसान्त पछि उद्योगहरुले क्रसींग गर्न बन्द गर्ने भन्दै सूचना जारी गरेको नवलपरासी ऊख उत्पादक किसान संघका अध्यक्ष उमेश यादवले बताए ।
नवलपरासीका चिनी उद्योगहरुले करिब एक महिना पहिला देखी मात्र ऊखुको क्रसीङ सूरु गरेका मिलहरुले अहिले सम्म मात्र ३५ देखी ४० प्रतिशत मात्र ऊखुको क्रसीङ गरेका छन भने अधिकांश ऊखु खेतमा नै सुकने अवश्थामा पुगेको छ ।
नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योग, सुस्ता गाउपालिकामा बागमती चिनी उद्योग एवं सरावल गांउपालिकामा ईन्दीरा चिनी उद्योग संचालनमा रहेका छन । नवलपरासीका चिनी उद्योगहरुले किसानले काटेको ऊखु नलिए पछि किसानहरु चिनी मिल संचालकहरु प्रति आक्रोशित बनेको सरावल गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हयात खान धुनियाँले बताएका छन ।
मिलहरुको यस्तै तरिका कायम रहे ऊखु किसानहरु संगठित रुपमा नै आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन । गत वर्ष नवलपरासीका करिब १० हजार किसान परिवारहरुले चिनी उद्योगहरुलाई उधारोमा नै उखु क्रसीङका लागि दिएका थिए ।







सम्बन्धित
Loading...