शिक्षा, स्वास्थ, राेजगारबाट धेरै पछाडि परेकाे गुनासो

85







कमला राना

मध्यविन्दु नगरपालिका ११ स्थित नयाँ वस्तिका बासिन्दाहरुले शिक्षा, स्वास्थ , राेजगारबाट धेरै पछाडि परेकाे गुनासो गरेका छन ।

लुम्बिनी अादर्श डिग्रि कलेज कावासाेतिमा एम एड प्रथम वर्षमा अध्यनरत स्वास्थ्य समुहका बिद्यार्थी हरुद्वारा अायाेजित सामुदायिक भेेलामा मध्यविन्दु नगरपालिका वडा नम्बर ११ का बासिन्दाहरुले यस्तो गुनासो गरेका हुन ।

वडा नम्बर ११का वडाध्यक्ष चन्द्र बाहादुर दराइ काे प्रमुख अातिथ्ययता रहेको कार्यक्रममा  विशेष अतिथि वडा सदस्य महेश भुषाल, लुम्बिनी अादर्श डिग्री कलेज कावासाेतिका प्रिन्सिपल बाबुराम राना कलेज प्रध्यापक अानन्द कुमाल लगाएत स्थानीय बासिकाे उल्लेख्य सहभागिता रहेको थियाे ।

कार्यक्रममा बाेल्नुहुदै प्रमुख अतिथि वडाध्यक्ष चन्द्र बाहादुर दराइले जनताले नै अाफुलाई चुनेर पठाएको ले जनताको मर्म अनुसार कार्य गर्न सधै तत्पर रहेको बताउनुहुदै अाफुहरुकाे समस्याा जानकारी गराउन अाग्रह गर्नुभयो ।

यसैगरी विशेष अतिथि लुम्बिनी अादर्श डिग्रि कलेज कावासाेतिका प्रिन्सिपल बाबुराम रानाले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकोले अाफ्नाे स्वास्थ्य प्रति ध्यान दिनुपर्नेमा जाेड दिनुभयो । स्वास्थ्य सामुहकि विद्यार्थी मिना मुखिया काे  अध्ययक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य विमला मुखियाकाे रहेको थियोे भने सन्चालन कुसुमलता घिमिरेले गर्नुभएको थियो । यसैगरि नेपाल परिवार नियाेजन शाखा कार्यालय अरुङखाेलाका निमित्त ईन्चार्ज कमला सुनारिले सहभागी महिलाहरुलाइ स्वास्थ्य सामग्रि समेत वितरण गर्नुभएको थियोे ।

You might also like
Loading...