बालिका करणीको अभियोगमा एकजना पक्राउ

70







दाङ, फागुन २७ । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ बर्षीय सञ्तोष घर्ती मगरलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत फागुन १७ गतेका दिन घर्ती मगरले ती बालिकालाई जवरजस्ती करणी गरेका थिए ।

पीडित बालिकाको दाजुले प्रहरीमा दिएको जाहेरीका आधारमा फागुन २४ गते घर्ती मगरलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You might also like
Loading...