हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताए छन् । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।




फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिन लाग्दो काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।





सम्बन्धित
Loading...