शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना


दाङ,फागुन २८ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् ।




मंगलवार विहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी हुन । हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । ‘ अझैं रिपोर्ट आएको छैन,तर अहिले उहाँ बोल्न थाल्नु भएको छ,’ स्वकिय सचिव दहिले भने ।

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पु¥याइएको थियो । चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ ।







सम्बन्धित
Loading...