नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना: आर्थिक समृद्धिका लागि औद्योगीकरण आवश्यकः मुख्यमन्त्री गुरुङ

106







रामकुमार श्रेष्ठ
नवलपरासी, २८ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण विना असम्भव रहेको बताएका छन् ।
मंगलबार नयाँ जिल्ला नवलपुरमा स्थापना भएको घरेलु तथा साना उद्योग कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने हाम्रो देशमा औद्योगिकरण, शहरीकरण विना आर्थिक समृद्धि ल्याउन असम्भव छ त्यसैले मुख्य गरेर हामीले औद्योगिकरण र शहरीकरणमा जोड दिनु आवश्यक छ ।
मुख्य मन्त्री गुरुङले साना तथा घरेलु उद्योगहरुले घरमै बस्ने गृहणी महिलाहरुलाई समेत रोजगारको अवसर सिर्जना गर्ने भएकोले त्यसतर्फ लाग्ने आग्रह समेत गरे । उनले भने – साना लगानीको पनि मुलुकु समृद्धितर्फ लैजान ठूला योगदान हुन्छ त्यसैले साना तथा घरेलु उद्योगहरु स्थापनाका लागि तपाईहरु आउनुहोस् प्रदेश सरकारले गर्न पर्ने सहयोग गर्न तयार छौं।’
उनले एनजिओ आइएनजिओहरुलाई आफ्नो अनुसार लगानी गर्न नभई गण्डक प्रदेश भित्र प्रदेश सरकारको योजना अनुसार लगानी गर्न आग्रह समेत गरे । उनले भने सक्नु हुन्छ प्रदेश सरकारको योजना अनुसार लगानी गर्नु होस् नत्र सरकारलाई चलाउने ढंगले आफ्नो तरिकाले लगानी नगर्नुहोस् ।
मुख्य मन्त्रीले नवलपुर जिल्ला गण्डकी प्रदेशकै कास्की पछिको प्रचुर सम्भावना रहेको जिल्ला रहेकोले प्रदेश सरकारले नवलपुर जिल्लामा विशेष ध्यान दिएर लगानी गर्ने समेत बताए ।


उनले नवलपुरमा अर्को बर्षसम्ममा सबै कार्यालयहरुलाई भवन व्यवस्थापन गरिसक्नेमा समेत जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकार जनताको घरघरमा पुग्ने गरि अगाडि बढेको बताए ।
कार्यक्रम नवलपुरका जिल्ला समन्वय समितिका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको थियो ।
नवलपुरमा साना तथा घरेलु उद्योग कार्यालय स्थापना भएसँगै नवलपुर क्षेत्रका बासिन्दा साना तथा घरेलु उद्योग दर्ता गर्न पुराना सदरमुकाम परासी जानु पर्ने बाध्यता हटेको छ ।
मुख्य मन्त्री गुरुङले मंगलबार नै कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पताललाई मध्यविन्दु जिल्ला अस्पतालको रुपमा उद्घाटन गरेका छन् ।

You might also like
Loading...