विप्लव कार्यकर्ताद्वारा वडा कार्यलयमा सिलिण्डर बम विष्फोट

41







चितवन । भरतपुर महानगरपालिका –५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलवार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको छ भने कागजपत्र जलेर नष्ट भएको छ ।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ । विप्लव निकट नेकपा माओवादीले विष्फोट गराएको प्रहरीले अनुमान गरेको छ ।

You might also like
Loading...