सुनवलमा सर्पदंशको उपचार केन्द्रको उद्घाटन

150







परासी । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार राखेर जनतालाई त्रसाउने समय गइसकेको बताए ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित प्रहरी युक्ती महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन र सर्पदंश उपचार केन्द्रको सोमबार उद्घाटन गर्दै महानिरीक्षक खनालले हतियार देखाएर जनता नतर्सिने बताए ।

नेत्रविक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नेकपालाई इंगित गर्दै खनालले भने– ‘कुनै ठाउँमा हतियार राखेर बसिराख्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ ।’

जनतालाई तर्साउन र अपराधिक गतिविधि बढाउन कपिलवस्तु र पूर्वी क्षेत्रबाट लुकाएर राखेका हतियार प्रहरीले समातेको प्रहरी महानिरीक्षक खनालले बताए ।
पछिल्लो समय अपराधका घटनामा कमी आएको उहाँको भनाइ छ । ‘सुन काण्डमा एक सय बढीलाई समातेर जेलमा हालिएको तथा ठूला परिमाणमा लागूपदार्थ बरामद गरी कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइएको पनि उनको दावी थियो ।

उनले महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन उद्घाटन गर्नु भएको थियो ।
यस्तै, महाविद्यालय परिसरभित्र निर्माण गरिएको सर्पदशं उपचार केन्द्रको महानिरीक्षक खनाल र सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यालयसहितको व्यारेक भवन कुल दुई करोड २० लाखमा निर्माण गरिएको महाविद्यालयका प्राचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।

त्यसैगरी ३२ लाखको लागतमा सर्पदंश उपचार केन्द्र भवन निर्माण गरिएको छ । केन्द्र निर्माण गर्न सुनवल नगरपालिकाको २५ लाख र ७ लाख जनश्रमदान रहेको उपाध्यायले जानकारी दिए ।

You might also like
Loading...