दमौलीमा ट्रकको ठक्करले स्वास्थ्यकर्मीको मृत्यु

14







दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएका हुन् ।

उनकोको दमौली अस्पतालमा उपचारको क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् ।

You might also like
Loading...