सुरज गैरे ‘विवश’ का पाँच मुक्तकहरु

172







-१-
लम्बाई थाहा नभए पनि यात्रा छोटिदै छ
पुरारो भएसंगै भोटो उता चिता सझिदै छ
गन्तव्य यहीसम्म भन्ने थाहा न भए पनि
थाहा छ जिन्दगीको केही अंश सकिदै छ

-२-
उस्लाई के थाहा छ देशको स्थिति
जस्ले गर्छ रगतमा टेकि राजनिती
आफू ठूलै पद भयको बेला कुर्चीमा
बसि औकात देखाउ“छन् बिनासिती

-३-
आजभोलि सोधौली के छ? ठिकै छ
हल्का हल्का चलेकै छ जे छ ठिकै छ
खुशी कम पीडा धेरै जिन्दगी गोरेटोमा
मेरो पनि घरवार राम्रै चलेछ ठिकै छ

-४-
अरे वा यहाँ धेरै मनको भिकारी देखें
अर्कैको पासोमा खेल्ने शिकारी देखें
कुन संस्कार तिर घचेटिदै छ दुनियाँ
वरिष्ठहरु कै तुच्छ बोली घिनारी देखें

-५-
चेली माटोको भाडामा रोपिएको ईज्जत
कसरी उठाउँछौ र खै पोखिएको ईज्जत
जिन्दगी भर पछुताउनु पर्ला ख्याल गरे
छोपेर, टालेर लुक्दैन च्यातिएको ईज्जत

You might also like
Loading...