एसईई दिने छात्रा लक्षित गरी गण्डकी प्रदेशका ९ जिल्लामा सेनेटरी प्याड वितरण

124







रामकुमार श्रेष्ठ
नवलपरासी, २ चैत्र । चैत्र १० गतेबाट हुने एसईई परीक्षामा सहभागी हुने छात्राहरुलाई लक्षित गरी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ९ जिल्लामा सेनेटरी प्याड वितरण गरेको छ ।
परीक्षामा सहभागी भएका छात्राहरु परीक्षाको समयमा महिनावारी हुँदा बीचमै परीक्षा छाडेर घर जानु पर्ने बाध्यता नरहोस् भनेर यस्तो प्याड वितरण गरिएको गण्डकी प्रदेशका समाजिक विकास महाशाखाका सुदन गुरुङले बताइन् ।
गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा एसईई दिने छात्राहरु निक्कै कम भएकोले ति बाहेकका जिल्लाहरुमा सेनेटरी प्याड वितरण गरिएको उनले बताए ।
यसैबीच शनिबार गण्डकी प्रदेशको नवलपुर जिल्लाका जिल्लाहरुमा सेनेटरी प्याड वितरण गरिएको छ । नवलपुरमा शिक्षा तथा समन्वय इकाई कार्यालय नवलपुरमा शनिबार नवलपुरमा एसईई परीक्षा केन्द्र रहेका विद्यार्थीहरुमा सनेटरी प्याड पुर्याउने गरी प्याडका लागि ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
उक्त रकम जिल्ला समन्वय कार्यालय नवलपुरका संयोजक चेसराम आलेले शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेललाई हस्तान्तर गरेका हुन् ।
कार्यक्रममा आलेले हेर्दा सानो देखिने तर यो निक्कै महत्वपूर्ण कार्य रहेको बताए । त्यस्तै कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले परीक्षाको समयमा परीक्षार्थीहरुलाई भयरहित वातावरण र ढुक्कका साथ परीक्षा दिने वातावरण गराउनका लागि आफूहरु तयारीमा रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष नरदेव न्यौपाने लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

You might also like
Loading...