गायिका तथा राष्ट्रिय सभा सदस्य ओलीले दलितलाई अपमान गर्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति


कावासोती । राष्ट्रिय सभाकी सदस्य कोमल ओलीले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा दलितहरुलाई होच्याउने शब्द प्रयोग गरेको भन्दैं नेपाल दलित संघ नवलपुरले आपत्ति प्रकट गरेको छ ।
संघले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दे ओलीले संविधानको मर्म र भावना विपरित त्यस्तो शब्द प्रयोग गरेकाले अब आइन्दा त्यस्तो नवोल्न ध्यानाकर्षण समेत गराएको छ । नेपाल दलित संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष अमर सिंह विश्वकर्माले जारी गरेको विज्ञप्तिमा ओलीले ‘आफू मरे डुमै राजा’ भन्ने शब्द प्रयोग गरेर दलित समुदायको अपमान गरेको उल्लेख छ ।







सम्बन्धित
Loading...