कावासोती ३ मा रहेको खाली जग्गा नेपाल सरकारको नाममा; सरकारी कार्यालय व्यवस्थापनामा प्रयोग गरिने

197







कावासोती । नयाँ जिल्लाको रुपमा रहेको पूर्वी नवलपरासीको सदरमुकाम र स्थापना हुने सरकारी कार्यालय व्यवस्थापनका लागि सैंयौं विगाहा जग्गा व्यवस्थापन गरिएको छ ।

संघीयता पश्चात नयाँ जिल्लाको रुपमा विकास हुदै गएको नवलपुरमा सदरमुकाम तथा आवश्यक सरकारी कार्यालय व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गरिएको हो ।

गण्डकी प्रदेश अन्र्तगत पर्ने नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय व्यवस्थापनाका लागि कावासोती तीनमा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याईएको छ ।

खाली चौरको रुपमा रहेको एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याईएको हो । कावासोती स्थित मालपोत कार्यालयबाट सो जग्गाको लालपुर्जा नेपाल सरकारको नाममा निर्माण गरिएको छ ।

जिल्लामा स्थापना हुने स्थानीय, प्रदेश र संघिय कार्यालयहरु व्यवस्थापन गर्नका लागि जग्गा नेपाल सरकारको नाममा ल्याईएको प्रतिनिधि सभा सदस्य तिलक महतले बताए। नमूना नवलपुर बनाउने आफुहरुको अभियान अन्र्तगत जिल्लाको सदरमुकाम व्यवस्थित बनाउन जग्गाको व्यवस्थापन गरिएको उनले बताए ।
कार्यालयहरु बिभिन्न स्थानमा छरीएर रहदा सेवाग्राहीले समस्या झेल्नुपर्ने भएकाले एकिकृत रुपमा कार्यालयहरु व्यवस्थापन गर्न सोही अनुसारको जग्गा व्यवस्थापन गरिएको सांसद महतले बताए ।
‘हामी निर्वाचित भए पछि नमूना नवलपुर बनाउने अभियानमा छौ, जनतालाई सहज रुपमा कसरी सेवा प्रदान गर्न सकिन्छ, नयाँ जिल्लाको सदरमुकाम कसरी व्यस्थित बनाउन सकिन्छ भन्नेमा छौं’ सांसद महतले भने–त्यसैको प्रारम्भिक कार्यको रुपमा जग्गा व्यवस्थापन हो ।
संघियता पछि स्थापना भएको नवलपुरमा बिभिन्न जिल्ला ,प्रदेश र संघ मातहतका कार्यालय खुल्लेक्रममा रहेका छन् । पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय , जिल्ला अस्पतला स्थापना भएका छन् । यस अघि पूर्वाधार विकास कार्यालय, सिचाई ,कर कार्यालय, यातायात कार्यालय लगाएतका कार्यालय स्थापना भईसकेका छन् । नेपाल सरकारको नाममा जग्गा प्राप्ति भएसंगै जिल्लामा आवश्यक कार्यालयको भवनका लागि के कति जग्गा आवस्यक पर्छ सोही अनुसार छलफल पछि व्यस्थापन गर्दै अगाडि बढने सांसद महतले बताए ।
कावासोती तीनमा रहेको जग्गा बिभिन्न समयमा भूमाफियाहरुले व्यक्तिको नाममा पास गर्न खोजेकोमा सांसदको बिषेश पहलमा नेपाल सरकारको नाममा आउनु निकै खुशीको बिषय भएको स्थानीयले बताएका छन् ।
रामनगरको खाली चौर बिभिन्न संघ सस्थाले समेत आफ्नो कार्यालय व्यवस्थापन गर्नका लागि भन्दै ओगटने परिपाटी चल्दै आएको छ । पछिल्लो समय यसको अतिक्रमण गर्न क्रम बढेको थियो । सांसद तिलक महत सहित सरोकार भएका बिभिन्न व्यक्तीको पहलमा सो जग्गा नेपाल सरकारको नाममा आएकोमा धेरैले खुसी व्यक्त गरेका छन् । नेपाल सरकारको नाममा आए संगै अतिक्रमण गर्ने क्रम रोकिने विश्वास लिइएको छ ।

You might also like
Loading...