प्याब्सन नवलपुरबाट नवनिर्वाचित सहअध्यक्ष सहितलाई बधाई तथा सम्मान


नवलपुर । प्याब्सन नवलपुरले प्याब्सन निर्वाचनमा निर्वाचित पदाधिकारी एवंम नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई सम्मान गरेको छ ।
जिल्लामा रहेको प्यब्सन नवलपुरले प्याब्ससनको निर्वाचनमा निर्वाचित पदाधिकारी एवंम नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम आइतवार कावासोतीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
नवलपुर इङलिस एशोसिएसन नवलपुरका अध्यक्ष रामचन्द्र भुसालको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय सहअध्यक्ष विके ढुङगाना, उपाध्यक्ष भरतबाबु कंण्डेल लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्ने अधिकाशंले प्याब्सनले शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको र अबको दिनमा पनि गर्ने बताए । कार्यक्रममा दीपक लम्साल, रामचन्द्र देवकोटा, गोपेन्द्र केसरी न्यौपाने लगायतले बोलेका थिए।







सम्बन्धित
Loading...