सिके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी दर्ता हुने

66







सिराहा । सिके राउतको पार्टीको नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको (स्वतन्त्र मधेस गठबन्धनं) पार्टीको परिवर्तन गरी नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।

जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । अध्यक्ष सीके राउत चयन भएका छन् भने ३४ जना सदस्य छन् ।

यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।

You might also like
Loading...