कांग्रेस अनुशासन समितिमा शीर्ष तहमा सहमति, संयोजक आङदाम्बे

45







काठमाडौं  । लामो विवाद पछि नेपाली कांग्रेसको अनुशासन समितिमा शीर्ष तहमा सहमति जुटेको छ । सहमति अनुसार समितिको संयोजक केन्द्रिय सदस्य भिष्मराज आङदाम्बे बन्ने भएका हुन ।

नेता अर्जुननरसिंह केसीका अनुसार हाललाई समितिको संयोजकको मात्रै टूंगो लागेको र अरु सदस्यहरु सहमतीमा टुंगाउने सहमती भएको हो । यस्तै समितिले गर्ने काम कार्वाहीका विषय समेत सहमती बाटै निर्णय लिने सहमती भएको उनले जानकारी दिएका हुन । केन्द्रिय समिति बैठक केही बेरमा सुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

You might also like
Loading...